माओवादी केन्द्रको उपाध्यक्षमा अग्नी सापकोटा र पम्फा भुसाल मनोनीत

Thankot Times

थानकोट । 

नेकपा माओवादी केन्द्रको उपाध्यक्षमा दुई जना थपिएका छन् ।

नेताहरू अग्निप्रसाद सापकोटा र पम्फा भुसाललाई उपाध्यक्षमा मनोनीत गरिएको छ । 

हालै सम्पन्न स्थायी कमिटी बैठकको निर्णयअनुसार दुई नेतालाई उपाध्यक्षमा चयन गरिएको एक नेताले जानकारी दिए । 

भुसाल यसअघिको पदाधिकारी चयनमा उपमहासचिव दिइन् भने सापकोटा सभामुखको जिम्मेवारी सकिएसँगै पार्टीको जिम्मेवारीमा आएका हुन् ।

यसअघि माओवादीले वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र उपाध्यक्षमा कृष्णबहादुर महरालाई चयन गरेको थियो। 

उपमहासचिवमा पम्फासँगै हरिबोल गजुरेल, जनार्दन शर्मा, वर्षमान पुन, गिरिराजमणि पोखरेल, मातृका यादव र शक्ति बस्नेत चयन थिए भने पम्फाको भने बढुवा भएको हो ।

यसैगरी सचिवमा गणेश साह, दिनानाथ शर्मा, चक्रपाणी खनाल, देवेन्द्र पौडेल, लिलामणी पोखरेल, हितराज पाण्डे, हितमान शाक्य, राम कार्की र डिलाराम आचार्य रहेका छन् ।

यस्तै, कोषाध्यक्षमा श्रीराम ढकाल रहेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ