नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीले पूर्णता पायो
थानकोट ।
नेकपा माओवादी केन्द्रले पदाधिकारीसहित स्थायी समिति, केन्द्रीय समिति र वैकल्पिक केन्द्रीय समितिलाई पूर्णता दिएको छ ।
बुधबार बसेको स्थायी कमिटी बैठकले पार्टी महाधिवेसन सम्पन्न भएको एक बर्ष पछि केन्द्रीय समितिलाई पूर्णता दिएको हो ।
जसअनुसार २२ सदस्यीय पदाधिकारी, ४४ सदस्यीय स्थायी समिति तथा ३८६ सदस्यीय केन्द्रीय समिति चयन भएका छन् । साथै, बैठकले पूर्वसभामुख अग्नि सापकोटा र पम्फा भुसाललाई उपाध्यक्षमा मनोनितसमेत गरेको छ ।
यस्तै बैठकले २०२ सदस्यीय वैकल्पिक केन्द्रीय समिति पनि मनोनयन गरेको छ ।













