फागुन १ गते बागमती प्रदेशमा सार्वजनिक बिदा
थानकोट ।
बागमती प्रदेश सरकारले फाल्गुन १ गते प्रदेशभर सार्वजनिक बिदा दिने भएको छ ।
प्रदेश सरकारको माघ २४ गते बसेको बैठकले जनयुद्ध दिवसका अवसरमा फाल्गुन १ गते प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता उपसचिव अनुशील सापकोटाले थानकोट टाइम्सलाई जानकरी दिनुभयो ।














