लापसे गरी सवारीसाधन चलाउने ३ जना सवारी चालक पक्राउ
थानकोट ।
लागुपदार्थ सेवन (लापसे) गरी सवारी साधन चलाउने ३ जना चालकलाई प्रहरीले काठमाडौँको बूढालीनकण्ठबाट शुक्रबार बिहान नियन्त्रणमा लिएको छ ।
ट्राफिक प्रहरीले बा १८ च ८४३७ नम्बरको पिकअप जिपका चालक काठमाडौंको डल्लु बस्ने गणेश कार्की, बा १६ प ४४९१ नम्बरको मोटरसाइकलका चालक बुढालिनकण्ठ बस्ने अंकित भट्टराई र बागमती प्रदेश-०२-०३१ प ४८८ नम्बरको मोटरसाइकलका चालक बुढानिकण्ठमै बस्ने सुमन रावतलाई पक्राउ गरेको हो ।
नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग बूढानीलकण्ठको संयुक्त टोलीले २०वटा सवारी साधन चेक गर्दा ३ जना चालकले लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेको पाइएको थियो ।
लागुपदार्थ सेवन गरी सवारी साधन चलाइरहेको अवस्थामा फेला परेका सबै जनालाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागी प्रहरी वृत्त महाराजगञ्ज पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।













