काठमाडाैंमा आइतबारदेखि रग्बी लिग, चार टोलीको सहभागिता, दुई टोलीले भित्र्याए विदेशी खेलाडी
थानकोट ।
नेपाल रग्बी संघको आयोजनामा तेश्रो फिफ्टिन्स रग्बी लिग आइतबारदेखि हुने भएको छ।
लिगमा ४ टिमको सहभागिता रहने रग्बी संघका अध्यक्ष दीपक देवकोटाले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।
प्रतियोगितामा आकाश भैरव क्लब, गोर्खाली रग्बी क्लब, हिमालयन टाइगर रग्बी क्लब र आर्मी क्लबले सिंगल राउन्ड रोविन पद्धतिमा प्रतिस्पर्धा गर्नेछन्। हिमालयन टाइगरमा दुई विदेशी खेलाडी रहेका छन्। उनीहरु बाबु छोरा हुन्। गोर्खालीको टोलीमा इङल्यान्ड र फिजीका १–१ खेलाडी छन्। बाँकी २ टिममा विदेशी खेलाडी छैनन्।
माघ २९ गते, फागुन ३ गत र फागुन ६ गते समान २–२ खेल हुनेछ। लिगमा शीर्ष स्थान हात पार्ने टोलीले उपाधि जित्नेछ।
खेलहरु त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा हुनेछ। पहिलो संस्करणमा आर्मी र दोश्रोमा गोर्खाली रग्बी क्लबले उपाधि जितेको थियो ।













