कीर्तिपुर नगरपालिका-६ क्वाःर मा फाल्गुन २ गतेबाट भिंछेँ: अयलाः प्यालेस सञ्चालनमा आउने
थानकोट ।
कीर्तिपुर नगरपालिका वडा नं. ६ स्थित क्वाःरमा फाल्गुन २ गतेबाट ‘भिंछेँ : अयलाः प्यालेस’ नेवाः रेष्टुरेन्ट संचालनमा आउने भएको छ ।
शुक्रबार रेष्टुरेन्टमा आयोजित एक कार्यक्रममा दिइएको जानकारी अनुसार सो नेवाः रेष्टुरेन्ट वडा कार्यालयको करिब ५१ लाख रूपैयाँका अतिरिक्त स्थानीय दाताहरूको सहयोगमा बनेको स्थानीय भैरव सना गुथि भवनमा संचालनमा आउन लागेको हो ।
जुन भवनमा गुठी भोज आयोजनाका लागि छुट्टै तल्ला निर्माण गरिएको छ भने दैनिक योगाभ्यास, ध्यान कक्षा सञ्चालन गर्नका लागि छुट्टै तल्ला निर्माण गरिएको छ । कीर्तिपुरको स्थानीय उत्पादनको बजारीकरणका लागि सहयोगी हुने अपेक्षासहित नेवाः सभ्यतासँग जोडिएका परम्परागत खानेकुरा सो रेस्टुरेन्टमा उपलब्ध हुने सञ्चालक मध्येका एक दिनेश महर्जनले जानकारी दिनुभयो ।
उपेक्षामा परेको सार्वजनिक जग्गाको उपयोग गरी परम्परागत शैलीमा निर्माण भएको सो गुथी भवन कीर्तिपुर नगरक्षेत्रकै नमुना गुथी भवन रहेको निवर्तमान वडाध्यक्ष न्हुच्छेबहादुर महर्जनले जानकारी दिनुभयो ।
तस्बिरः दुर्गालाल शाही













