विवेकशील साझा पार्टीको अध्यक्षमा समीक्षा बास्कोटा, महासचिवमा रञ्जु दर्शना

Thankot Times

थानकोट । 

काठमाडाैंमा शुक्रबारबाट सुरू भएको विवेकशील साझा पार्टीको प्रथम महाधिवेशन अध्यक्षमा समीक्षा बास्कोटा सर्वसम्मत चयन गर्दै सकिएको छ । यस्तै महासचिवमा रञ्जु दर्शना चयन भएको केन्द्रीय निर्वाचन समिति संयोजक केशव दाहालले जानकारी दिएका छन् । 

 महाधिवेशनबाट उपाध्यक्षमा प्रकाशचन्द्र परियार, मिलन पाण्डे र विमला अधिकारी चयन भएका छन् । यसैगरी सचिवमा पवित्रा थापा, विमला तामाङ र समुद्र केसी चयन भएका छन् भने कोषाध्यक्ष दामोदर नेपाल सर्वसम्मत भएको दाहालले जानकारी दिए ।

 ६१ सदस्यीय केन्द्रीय समिति चयनका लागि भने निर्वाचन हुने बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ