नेपाली महिला फुटबल टिमले भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्ने, फ्यानकोडले ‘लाइभ’ देखाउने

Thankot Times

थानकोट ।

नेपाली राष्ट्रिय महिला फुटबल टिमले भारतीय टिमसँग दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।

भारतीय फुटबल महासंघ (एआईएफएफ)ले शनिबार नेपाली टिमले दुई मैत्रीपूर्ण खेलका लागि भारत भ्रमण गर्ने जनाएको हो ।

नेपालले फागुन ३ गते पहिलो र फागुन ६ गते दोस्रो मैत्रीपूर्ण खेल खेल्नेछ । दुवै खेल चेन्नईस्थित जवाहरलाल नेहरु रंगशालामा नेपाली समयअनुसार साँझ ७ः४५ बजेदेखि सुरु हुनेछ ।

भारतविरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपाली टिम हाल बन्द प्रशिक्षणमा छ ।

यही खेलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले अनन्तराज थापालाई नेपाली टिमको मुख्यप्रशिक्षक र पारस चौधरीलाई सहायक प्रशिक्षकको रुपमा नियुक्त गरिसकेको छ ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *