काठमाडौँमा रग्बी लिग सुरु
थानकोट ।
आइतबारदेखि काठमाडौंको दशरथ रंगशालामा नेपाल रग्बी संघको आयोजनामा रग्बि लिग सुरु भएको छ ।
चार टिमको सहभागिता रहेको लिगमा आइतबार २ खेल, बुधबार २ खेल र शनिबार फाइनल खेल हुनेछ।
प्रतियोगितामा आकाश भैरव क्लब, गोर्खाली रग्बी क्लब, हिमालयन टाइगर रग्बी क्लब र आर्मी क्लबले सिंगल राउन्ड रोविन पद्धतिमा प्रतिस्पर्धा गर्नेछन्। हिमालयन टाइगरमा दुई विदेशी खेलाडी रहेका छन्। उनीहरु बाबु छोरा हुन्। गोर्खालीको टोलीमा इङल्यान्ड र फिजीका १–१ खेलाडी छन्। बाँकी २ टिममा विदेशी खेलाडी छैनन्।
तस्बिरः सामाजिक सञ्जाल













