भोलिदेखि काठमाडाैं उपत्यकामा सार्वजनिक सवारी साधन बन्द गर्ने व्यवसायीहरूको घोषणा

Thankot Times

थानकोट ।

यातायात मजदुरले फागुन २ गते मङ्गलबारदेखि काठमाडौँ उपत्यकाभित्र सम्पूर्ण यातायात नचलाउने घोषणा गरेका छन् । 

सोमबार यातायात मजदुरहरूले विज्ञप्ति जारी गर्दै उपत्यकामा गाडी नचलाउने घोषणा गरेका हुन् । 

नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका अध्यक्ष भीमज्वाला राईले नयाँ बसपार्कको ठेकेदार ल्होत्से कम्पनीले गुण्डागर्दी गरेको भन्दै मजदुरहरू सडकमा उत्रिएको बताए ।

सोमबार उनीहरुले बालाजु क्षेत्रमा सडकमै गाडी तेर्स्याएर प्रदर्शन गरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *