सातौं नेपाल एपीएफ स्कुल कप आमन्त्रित फुटबलः नाईटिङ्गेलको पोष्टमा ल्याब्रेटोरी स्कुलको ८ गोल

Thankot Times

थानकोट ।

कीर्तिपुरमा जारी सातौं नेपाल एपीएफ स्कुल कप आमन्त्रित फुटबल प्रतियोगिता अन्तर्गत छैठौ दिन सम्पन्‍न खेलहरुमा ल्याब्रेटोरी स्कुल, राराहिल स्कुल र ग्रिन भिलेज एजुकेशन फाउण्डेशनले जित हासिल गरेका छन् ।

सोमबार सम्पन्न खेलमा राराहिलले ग्रिन भिलेज सेकेण्डरीलाई १-० ले स्तब्ध बनाउँदा विजयी राराहिलका मनोज वलीको गोल निर्णायक रह्यो ।  त्यस्तै, दिनको दोश्रो खेलमा ग्रिन भिलेज एजुकेशन फाउण्डेशनले क्रियटिभ स्कुल माथि ४-० को सहज जित दर्ता गर्यो । ग्रिन भिलेजको जितमा सुविन्द्र बम, अरविन्द्र थापा, दिपेश विष्ट र सोप्निल बस्नेतले समान १-१ गोल गरेका थिए ।

त्यस्तै, ल्याब्रेटोरी स्कुलले नाईटिङ्गेल स्कुलमाथि ८-० को एकपक्षीय जित दर्ता गर्ने क्रममा रविन बम्जन एक्लैले ४ गोल गरेका थिए भने आकर्षण खत्रीको नाममा २ गोल रहँदा रितिक फडेरा र विष्णु चन्दले समान १-१ गोल गरेका थिए । 

प्रतियोगिता अन्तर्गत मंगलबार हुने पहिलो खेलमा हारती शिक्षा मन्दिर स्वयम्भु विरुद्ध राराहिल मेमोरियल स्कुल मैदान उत्रदाँ दोश्रो खेलमा ग्रिन भिलेज सेकेण्डरी र आयोजक नेपाल एपीएफ स्कुल आमुने सामने हुनेछन् ।

तेश्रो खेलमा नेपाल पुलिस स्कुल विरुद्ध नेक्सस ईन्टरनेशनल एकेडेमी, ललितपुरले चुनाैती पेश गर्ने तालिका रहेको प्रतियोगिता संयोजक राजकुमार प्याकुरेलले जानकारी दिए ।

प्रतियोगितामा काठमाडौँ उपत्यकाका विभिन्न १७ वटा तथा काभ्रे जिल्लाबाट एक गरि जम्मा १८ वटा विद्यालयहरुले सहभागिता जनाएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *