थानकोट-चित्लाङ सडकमा टाटा सुमोको ताँती (भिडियोसहित)

Thankot Times

थानकोट । 

मकवानपुरको भीमफेदी-कुलेखानी-फर्पिङ हुँदै काठमाडौँतर्फ आउने सडकखण्ड मर्मत गर्न आजदेखि दुई महिनाका लागि त्यहाँबाट सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।

मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक वामदेव गौतमका अनुसार हेटौँडाबाट भीमफेदी-कुलेखानी हुँदै काठमाडौँतर्फ आउने हलुका सवारी साधानलाई आज बिहानैदेखि चित्लाङ हुँदै थानकोटको बाटोबाट (गणेशमान सिंह मार्ग) सञ्चालन गराइएको छ ।

उनका अनुसार काठमाडौँको बल्खुबाट हेटौँडातर्फ जाने हलुका सवारीसाधन (सुमो, जीप, कार, मोटरसाइकल र मिनी बस) लाई ललितपुरको भट्टेडाँडाबाट मकवानपुरको ठिङ्गन हुँदै कान्तिलोकपथबाट दुई महिनाका लागि सञ्चालनमा ल्याइएको छ ।

तस्बिरः सामाजिक सञ्जालबाट


Leave a Reply

Your email address will not be published. Required fields are marked *