कीर्तिपुरको इटागाेलमा एकहप्ते महापरित्राण पाठ सञ्चालन हुँदै

Thankot Times

थानकोट । 

विश्व शान्ति तथा मानव कल्याणको कामना गर्दै कीर्तिपुर नगरपालिकाको वडा नम्बर ७ को इटागाेलमा एकहप्ते महापरित्राण पाठ (विशेष पूजा) सञ्चालन भइरहेको छ । 

देशमा शान्ति, समृद्धि र सबैको प्रगतिको कामना गर्दै नेपाल बौद्ध महासङ्घको सहयोगमा अनमाेलन ज्ञानमाला भजन खलः, इटागाेलकाे बौद्ध धर्मगुरुले मङ्गल ध्वनिका साथ विशेष पाठ वाचन गर्नुभएको छ।

विभिन्न क्षेत्रबाट भक्तालुको उपस्थितिमा सो महापरित्राण पाठसहित बौद्ध धर्मसँग सम्बन्धित नेपालभाषा, नेपाली र हिन्दी भाषामा भजनहरू प्रस्तुत हुने गरिएको छ । 

माघ २६ गतेदेखि सुरुभएको सो महापरित्राण फागुन ३ गते सम्पन्न हुने अनमाेलन ज्ञानमाला भजन खलःले जानकारी दिएको छ ।

यसअघि माघ महिनामा सोही वडाको भाजंगालकाे विष्णुदेवी मन्दिर प्राङ्गणमा एकहप्ते सप्ताह सञ्चालन भएको थियो ।

गोरखापत्रबाट । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *