रास्वपाको केन्द्रीय गुनासो व्यवस्थापन विभाग उपप्रमुखमा चन्द्रागिरिका पोखरेल मनोनित
थानकोट ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा )ले केन्द्रीय कमिटी विस्तार गरेको छ ।
सोमबार बसेको केन्द्रीय समिति बैठकले २४ सदस्यीय केन्द्रीय कमिटीलाई ४० सदस्यीय बनाएको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टीमा थपिए १६ केन्द्रीय सदस्य (सूचीसहित)
त्यस्तै सो पार्टीले विभिन्न केन्द्रीय विभागहरुमा समेत सदस्यहरुको मनोनयन गरेको छ । पार्टीको केन्द्रीय समिति विस्तार गर्ने निर्णय बमोजिम केन्द्रीय समिति विस्तार समितिको सिफारिसमा सदस्यहरु मनोनित गरिएको पार्टीका महामन्त्री तथा प्रवक्ता डा. मुकुल ढकालले जानकारी दिए ।
रास्वपाको केन्द्रीय गुनासो व्यवस्थापन विभाग उपप्रमुखमा चन्द्रागिरिका टेकबहादुर पोखरेल मनोनित भएका छन् । उनी मंसिर ४ को निर्वाचनमा काठमाण्डाै क्षेत्र नं. ९ मा नेकपा एमालेका उम्मेदवारसँग ९९५ मतान्तरले पराजित भएका थिए ।














