नेकपा एमालेको ग्रासरुट अभियानः चन्द्रागिरि नगर हेर्ने जिम्मेवारी केन्द्रीय सदस्य नविना लामालाई

Thankot Times

थानकोट ।

नेकपा एमालेले पार्टी संगठन विस्तारका लागि मिसन ग्रासरुट अभियान सुरु गरेको छ ।

माघ २६ मा बसेको एमाले सचिवालय बैठकले फागुन र चैतको २ महिना संगठन विस्तार तथा स्थानीय जनप्रतिनिधि र पार्टीको सम्बन्ध सुधारका लागि अभियान चलाउने निर्णय गरेको थियो । एमालेले केन्द्रीय सदस्यहरूलाई नै पालिकाको जिम्मा दिएर अभियानमा पठाएको छ ।

२ फागुनमा स्थायी कमिटीका सदस्यहरू अभिमुखीकरण कार्यक्रममा सहभागी भएका थिए । यो अभियानमा पालिकास्तरमा खटिएका नेताहरूले संगठनदेखि जनप्रतिनिधि र पार्टीबीच सम्बन्ध सुधारका लागि सुझाव संकलन गर्नेछन् ।

साथै, पार्टी सदस्यको सदस्यता नवीकरण, प्रशिक्षणलायतका काम पनि गर्नेछन् । पार्टी एकातिर जनप्रतिनिधि अर्कोतिर भएको भन्दै आलोचना भएपछि पार्टी र स्थानीय सरकारलाई जोड्न खोजेको एमालेले बताएको छ । सो अभियानका लागि चन्द्रागिरि नगरपालिकामा पार्टी केन्द्रीय सदस्य नविना लामा खटिने बताइएको छ । माघ ४ गते सम्पन्न आम निर्वाचनमा आफ्नो पार्टीले चन्द्रागिरि नगरपालिकामा ४७२६४ मत मध्ये १४६५१ पाएको नेकपा एमालेले जनाएको छ ।

कुन नेताले कुन स्थानीय तहमा पाए जिम्मेवारी हेुर्नुहोस्


Leave a Reply

Your email address will not be published. Required fields are marked *