चाैथो थानकोट गोल्डकपको तयारी तीव्र, बिहीबार बिहान खेल तालिका सार्वजनिक गरिने
थानकोट ।
महाशिवरात्रीका दिनबाट सुरू हुने चाैथो संस्करणको थानकोट गोल्डकप फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।
चन्द्रागिरि नगरपालिका-०३ थानकोट पिम्फलीस्थित गलबन फुटबल मैदानमा सञ्चालनमा हुने प्रतियोगिताको खेल तालिका फाल्गुन ४ गते बिहीबार सार्वजनिक गर्ने तयारी भएको प्रतियोगिता संयोजक ईञ्जिनियर भुवन गिरीले जानकारी दिनुभयो ।
यस संस्करणको थानकोट गोल्डकपका विजेताले नगद १ लाख रूपैयाँ, ट्रफी तथा मेडल प्राप्त गर्नेछन् ।

त्यस्तै, प्रतियोगिताको उपविजेता टोलीले ६० हजार रूपैयाँ नगद पुरस्कारको साथमा ट्रफी र मेडल हात पार्नेछन् ।
चन्द्रागिरि-३ गलबनस्थित पिम्फली खेल मैदानमा सञ्चालन हुने प्रतियोगिताको व्यक्तिगत विधातर्फका विजेताहरूले जनही पाँच हजार रूपैयाँ नगद तथा ट्रफी प्राप्त गर्नेछन् ।
प्रतियोगिताको व्यक्तिगत विधातर्फ उत्कृष्ठ खेल काैशल प्रदर्शन गर्ने खेलाडीहरूले जनही ५ हजार रूपैयाँ नगद, ट्रफी र मेडल पाउनेछन् ।
प्रतियोगितामा चन्द्रागिरि नगरक्षेत्रका खेलाडीहरूले मात्र सहभागिता जनाउन पाउनेछन् ।













