२२ प्रकारका व्यवसायीहरूका लागि अनुदान वितरण गर्दै चन्द्रागिरि नगर, निवेदन दिन म्याद थपियो

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिकाले माैलिक सिपमा आधारित विभिन्न व्यवसायमा संलग्न संस्था तथा व्यक्तिहरूलाई अनुदान वितरण गर्ने भएको छ ।

माैलिक सिपमा आधारित व्यवसाय प्रवर्द्धन तथा अनुदान कार्यविधि-२०७९ बमोजिम विभिन्न २२ प्रकारका व्यवसायहरूका लागि नगरले अनुदान वितरण गर्ने कार्यक्रम स्वीकृत भएको प्रशासन शाखा प्रमुख नविन खालिङले जानकारी दिनुभयो ।

उहाँका अनुसार परालको चप्पल, सुकुल, गुन्द्री, गलाैंचा बुन्ने, काष्ठकला, डोको, थुन्चे, डालो, नाङ्लो, सोली, ढकी, कोक्रो, पेरूङ्गो, मुढा बुन्ने, दुना टपरी गाँस्ने लगायतका व्यवसायसँग सम्बन्धित व्यक्ति तथा संस्थाहरूका लागि अनुदान वितरण गर्न लागिएको हो ।

अनुदान प्राप्तिका लागि माघ १७ गतेबाट १५ दिनभित्र सम्बन्धित वडा मार्फत निवेदन पेश गर्न सकिने नगरपालिकाले जनाएकोमा फाल्गुन ३ गतेबाट थप सात दिनका लागि निवेदन पेश गर्न सकिनेछ सूचनामा जनाइएको छ ।

अनुदानका प्राप्तीका लागि को-को योग्य हुनेछन्, यो लिंकमा थिच्नुहोस्   


Leave a Reply

Your email address will not be published. Required fields are marked *