प्रयोजन विपरीत मोटरसाइकल चलाउने १७ जना चालक कारबाहीमा

Thankot Times

थानकोट । 

प्रयोजन विपरीत चलाउने १७ जना मोटरसाइकलका चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।

निजी प्रयोजनमा दर्ता भइ भाडा लिइ यात्रु बोक्ने गरेको पाइएपछि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथबाट खटिएको ट्राफिक प्रहरीले उपत्यकाको विभिन्न स्थानबाट १७ जना मोटरसाइकलका चालकलाई कारबाही गरेको हो । 

यसैगरी यात्रुबाट बढी भाडा लिने ९ जना ट्याक्सी चालकलाई पनि काठमाण्डौ उपत्यकाको विभिन्न स्थानबाट बुधबार ट्राफिक प्रहरीले कारबाही गरेको छ । 
ट्याक्सीमा यात्रा गर्दा बढी भाडा लिएमा र मिटरमा जान नमानेमा तत्काल ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३ मा खबर गर्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी बरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले आग्रह गरेका छन् ।   


Leave a Reply

Your email address will not be published. Required fields are marked *