फाल्गुन २६ र २७ गते थानकोटमा राष्ट्रव्यापी बुदोकै-दो कराँते प्रतियोगिता हुने

Thankot Times

थानकोट ।

फाल्गुन अन्तिम साता चन्द्रागिरि नगरपालिका-४ थानकोटमा राष्ट्रव्यापी बुदोकै-दो फुलकन्ट्याक्ट कराँते प्रतियोगिता आयोजना हुने भएको छ । विभिन्न १२ वटा ताैल समुहमा सञ्चालन हुने प्रतियोगिता स्थानीय कोतघरमा हुने थानकोट बुदोकै-दो शाखाले जनाएको छ ।

थानकोट बुदोकै-दो ले आयोजना गर्न लागेको यो दोश्रो राष्ट्रव्यापी प्रतियोगिता हो ।

प्रतियोगितामा २५, ३०, ३५, ४०, ४५, ५०, ५५ र ६० केजी मुनी ताैल समुहमा प्रतिस्पर्धा गराइने आयोजकले जनाएको छ । त्यस्तै महिला खुल्ला र पुरूष खुल्लासहित महिला ४० तथा ५० केजी ताैल समुहमा समेत खेल खेलाइने आयोजक थानकोट बुदोकै-दोले थानकोट टाइम्सलाई जानकारी दियो ।

सो क्रममा विभिन्न खेल काैशल समेत प्रदर्शनी हुने बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *