आजको मौसम पूर्वानुमान

Thankot Times

थानकोट ।

प्रदेश-१ लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा बिहीबार बिहान मौसम आंशिकदेखि सामान्य बदली रहेको छ । तराईका थोरै भू-भागमा हुस्सु र कुहिरो लागेको छ ।  

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो प्रदेश–१ को पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

विभागले आज राति सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, प्रदेश–१ को  पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने विभागले बताएको छ । 

हाल देशमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *