हज यात्राका लागि निवेदन खुला, १ हजार २ सय जना नेपाली जान सक्ने
थानकोट ।
यस वर्षको हज यात्राका लागि साउदी अरब सरकारले नेपाललाई १ हजार २०० कोटा तोकेको छ ।
सोही अनुसार प्रक्रिया पुर्याएर निवेदन दिएका १२०० जनाले हज यात्रा गर्न पाउनेछन् ।
हज यात्राका लागि पहिलो किस्तावापतको दुई लाख २५ हजार रुपैयाँ आफ्नो जिल्ला प्रशासन कार्यालयमा बुझाएर निवेदन दिनुपर्नेछ ।
निवेदनसँगै नेपाली नागरिकताको प्रमाणपत्र र राहदानीको छायाँप्रति, रकम बुझाएको भौचर, हालसालै खिचिएको २ प्रति पासपोर्ट साइजको फोटो, कोरोनाविरुद्धको पूर्ण खोप लगाएको क्यूआर कोड र बैंक खाताको चेकको छायाँप्रति पेश गर्नुपर्नेछ ।














