ग्याँस सिलिण्डर विस्पोटबाट घाइते हरिकला भण्डारीको उपचारका क्रममा निधन

Thankot Times

थानकोट ।

ग्याँस सिलिण्डर विस्फोटबाट गम्भीर घाइते भई कीर्तिपुरस्थित अस्पतालमा उपचाररत ८६ वर्षीया हरिकला भण्डारीको निधन भएको छ।

गए राति निवास बुद्धनगरमा ग्याँस सिलिण्डर विस्फोट हुँदा हरिकला र उनका छोरा नेपाली कांग्रेसका सांसद चन्द्रकान्त भण्डारी गम्भीर घाइते भएका थिए।

कीर्तिपुर अस्पतालकी निर्देशक डा. निजिमा ताम्राकारले हरिकलाको निधन भएको जानकारी दिइन्। ‘उहाँको आज बिहान १० बजेर ५७ मिनेटमा निधन भएको हो,’ उनले भनिन्।

सांसद भण्डारीको उपचार जारी छ। उनलाई थप उपचारका लागि मुम्बई लैजाने तयारी गरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *