फाल्गुन ९ गतेबाट न्यू डायमण्ड कप यू-१८ खुल्ला राष्ट्रिय महिला भलिबल

Thankot Times

थानकोट ।

न्यु डायमन्ड युथ स्पोर्ट्स क्लबको आयोजनामा ‘बागमती प्रदेश न्यू डायमण्ड कप यू-१८ खुल्ला राष्ट्रिय महिला भलिबल च्याम्पियनसिप २०७९’ अर्काे साता आयोजना हुने भएको छ ।

आयोजक न्यू डायमण्डले बिहीबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता फागुन ९ देखि १३ गतेसम्म हुने जानकारी गराएको छ ।

प्रतियोगितामा काठमाडौं र काठमाडौं बाहिरका गरी करिब १२ टोलीको सहभागिता रहने न्यू डायमण्ड युथ स्पोर्टस् क्लबका अध्यक्ष तथा प्रशिक्षक कुमार राईले जानकारी गराए । प्रतियोगिता आयोजना गराउनुको मुख्य उद्देश्य क्लबको निर्माणधीन खेल मैदान निर्माण सहयोगार्थ रहेको अध्यक्ष राईले थपे ।

‘हामीले प्रतियोगिता गराउनुको मुख्य उद्देश्य जुनियर स्तरबाटै खेलाडी उत्पादनसँगै क्लबको निर्माणधीन भलिबल कोर्ट निर्माणमा केही सहयोगको लागि नै हो ।’ अध्यक्ष राईले भने । चन्द्रगिरि नगरपालिका वडा नम्बर १३ का अध्यक्ष श्रीकृष्ण खत्रीले यो प्रतियोगिताको लागि नभई क्लबको निर्माणधीन कोर्टलाई नै सहयोग गर्ने बताए ।

च्याम्पियनसिप फिबको नियममा रही अन्तर्राष्ट्रिय तथा राष्ट्रिय रेफ्रीहरुद्धारा लिग कम नकआउट पद्दतिबाट वेस्ट अफ फाइभको आधारमा खेलाइने आयोजकले जनाएको छ । शुत्रबारसम्मको लागि दर्ता समय रहेको र हालसम्म ६ भन्दा बढी टोलीले सहभागिता पक्का गरिसकेको शनिबार टाइसिट निकालिने अध्यक्ष राईले बताए, हाम्रो खेलकुदमा खबर छ ।

यस च्याम्पियनसिपलाई नेपाल भलिबल संघले स्वीकृतिसँगै प्राविधिक सहयोग गरेको छ । यस्तै प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशले पुरस्कारमा सहयोग गरेको छ । नागार्जुन नगरपालिकाले पनि आर्थिक सहयोग गरेको छ । चन्द्रागिरि नगरपालिका च्याम्पियनसिपको संरक्षक रहेको छ ।

प्रतियोगिताको अनुमानित बजेट २१ लाख १० हजार रुपैयाँ रहेको छ । पुरस्कारतर्फ मात्रै १० लाख रुपैयाँ खर्च हुनेछ । क्लबका उपाध्यक्ष तथा कभर्डहल निर्माण समितिको संयोजक किरण कार्कीले कभर्डहल निर्माणमा ४० लाख रुपैयाँ खर्च भइसकेको बताए ।

पुरस्कार राशि
प्रथम पुरस्कार – ५ लाख रुपैयाँ, ट्रफी मेडल र प्रमाणपत्र

दोस्रो पुरस्कार – २ लाख ५० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र
तेस्रो पुरस्कार – १ लाख रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र
सान्त्वना पुरस्कार – ५० हजार रुपैयाँ र प्रमाणपत्र
विधागततर्फ
सर्वाेत्कृष्ट खेलाडी – २५ हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र

उत्कृष्ट स्पाइकर – १० हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र
उत्कृष्ट सेटर– १० हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र
उत्कृष्ट ब्लकर – १० हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र
उत्कृष्ट सर्भर – १० हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र
उत्कृष्ट डिफेन्डर – १० हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र
उत्कृष्ट प्रशिक्षक – १० हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र
उदियमान खेलाडी – १५ हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र


Leave a Reply

Your email address will not be published. Required fields are marked *