चाैथो थानकोट गोल्डकपः उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन वी आर ब्रदर्श र मिलन युथ भिड्ने

Thankot Times

थानकोट ।

आगामी शनिबारबाट चन्द्रागिरि नगरपालिका-०३ थानकोट पिम्फलीस्थित गलबन फुटबल मैदानमा सुरू हुने चाैथो संस्करणको थानकोट गोल्डकपको उद्घाटन खेलमा साबिक विजेता वी आर ब्रदर्शले मिलन युथ क्लबको सामना गर्ने भएको छ ।

बिहीबार सार्वजनिक गरिएको खेल तालिका अनुसार प्रतियोगितामा १९ टिमले सहभागिताका लागि टिम दर्ता गराएका प्रतियोगिता संयोजक ईन्जिनियर भुवन गिरीले जानकारी दिनुभयो ।

टाइसिट ड्र कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका प्रवक्ता एवं वडा नं. ४ का वडाध्यक्ष कृष्णप्रसाद खड्गी, समाजेवी इश्वर लााम लगायत सहभागी क्लब तथा समुहका प्रतिनिधहरूको उपस्थिति रहेको थियो ।

यस संस्करणको थानकोट गोल्डकपका विजेताले नगद १ लाख रूपैयाँ, ट्रफी तथा मेडल प्राप्त गर्नेछन् ।

त्यस्तै, प्रतियोगिताको उपविजेता टोलीले ६० हजार रूपैयाँ नगद पुरस्कारको साथमा ट्रफी र मेडल हात पार्नेछन् ।

प्रतियोगिताको व्यक्तिगत विधातर्फका विजेताहरूले जनही पाँच हजार रूपैयाँ नगद तथा ट्रफी प्राप्त गर्नेछन् ।

प्रतियोगिताको व्यक्तिगत विधातर्फ उत्कृष्ठ खेल काैशल प्रदर्शन गर्ने खेलाडीहरूले  जनही ५ हजार रूपैयाँ नगद, ट्रफी र मेडल पाउनेछन् ।

प्रतियोगितामा चन्द्रागिरि नगरक्षेत्रका खेलाडीहरूले मात्र सहभागिता जनाउन पाउनेछन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *