एमालेको ‘ग्रास रुट’ अभियान आजबाट, चन्द्रागिरि नगरपालिकामा नविना लामाले मोर्चा सम्हाल्दै
थानकोट ।
नेकपा (एमाले)को ‘ग्रास रुट’ अभियान आजबाट सुरु भएको छ ।
गत २६ माघमा बसेको एमाले स्थायी कमिटीको बैठकले ग्रास रुट अभियान सुरु गर्ने निर्णय गरे अनुसार आजबाट यो अभियान सञ्चालनमा आउन लागेको हो ।
एमाले अध्यक्ष केपी शर्मा ५ फागुनमा सात प्रदेश र विदेश प्रदेशमा आयोजना हुने अभिमुखीकरण कार्यक्रमलाई भर्चुअल सम्बोधन गरे पछि सो अभियान सुरु हुने एमालेले जनाएको छ ।
एमाले अनुसार बैठकले अभियानको उद्देश्य, कार्ययोजना र कार्यादेशका बारेमा छलफल गरेर टुङ्गो लगाउँदै अभियान अन्तर्गत पार्टी केन्द्रीय कमिटी सदस्यहरू पालिका तहमा दुई महिना खटिने छन् । जसअनुसार एक केन्द्रीय सदस्यलाई ३ वटा पालिकाको जिम्मेवारी दिइएको छ ।
बागमती प्रदेशमा उपाध्यक्ष सुरेन्द्र पाण्डे, गोकर्णराज विष्ट, काशीनाथ अधिकारी, रघुजी पन्त, कृष्णगोपाल श्रेष्ठ र शेरबहादुर तामाङ ग्रास रुट अभियानको जिम्मेवारी पाउँदा चन्द्रागिरि नगरपालिकामा नविना लामाले जिम्मेवारी पाएकी छिन् ।













