स्कटल्याण्डविरूद्ध नेपालको सानदार जित

Thankot Times

थानकोट । 

नेपालले आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको खेलमा शुक्रबार शीर्ष स्थानको स्कटल्याण्डलाई ३ विकेटले पराजित गरेको छ । नेपालले २७५ रनको लक्ष्य ४७ ओभरमा ७ विकेट गुमाएर पूरा गरेको हो ।

दीपेन्द्र सिंह ऐरी र कुशल मल्लको उत्कृष्ट ब्याटिङ मद्दतमा नेपालले सो नतिजा आत्मसाथ गरेको हो । दीपेन्द्रले ११६ बल खेल्दै ८ चौका र १ छक्का मद्दतमा अविजित ८५ रन बनाए । कुशलले ६७ बल खेल्दै ९ चौका र ४ छक्कामा ८१ रन बनाए । दुवैले ओडिआईमा दोस्रो अर्धशतक बनाएका हुन् । दीपेन्द्रको भने लिग टु मा यो पहिलो अर्धशतक हो ।

त्यसअघि कीर्तिपुरस्थित टीयू मैदान माइकल लिस्को शतक मद्दतमा टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले ५० ओभर खेल्दै ९ विकेट गुमाएर २७४ रन बनाएको थियो ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *