चाैथो संस्करणको थानकोट गोल्डकप आजबाट, उद्घाटन खेलमा वी आर ब्रदर्श र मिलन युथ भिड्ने

Thankot Times

थानकोट ।

थानकोट क्षेत्रको प्रतिष्ठित फुटबल प्रतियोगिता थानकोट गोल्डकपको चाैथो संस्करण आजबाट सुरू हुँदैछ ।

चन्द्रागिरि नगरपालिका  ०३ थानकोट पिम्फलीस्थित गलबन फुटबल मैदानमा सञ्चालन हुने प्रतियोगिताको मध्यान्ह १२ः०० बजे चन्द्रागिरि नगरका मेयर घनश्याम गिरीले उद्घाटन गर्ने कार्यक्रम रहेको बताइएको छ ।

उद्घाटन खेलमा साबिक विजेता वी आर ब्रदर्शले मिलन युथ क्लबको सामना गर्नेछ ।

यस संस्करणको थानकोट गोल्डकपका विजेताले नगद १ लाख रूपैयाँ, ट्रफी तथा मेडल प्राप्त गर्नेछन् ।

त्यस्तै, प्रतियोगिताको उपविजेता टोलीले ६० हजार रूपैयाँ नगद पुरस्कारको साथमा ट्रफी र मेडल हात पार्नेछन् ।

प्रतियोगिताको व्यक्तिगत विधातर्फका विजेताहरूले जनही पाँच हजार रूपैयाँ नगद तथा ट्रफी प्राप्त गर्नेछन् ।

प्रतियोगिताको व्यक्तिगत विधातर्फ उत्कृष्ठ खेल काैशल प्रदर्शन गर्ने खेलाडीहरूले  जनही ५ हजार रूपैयाँ नगद, ट्रफी र मेडल पाउनेछन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *