स्थानीय तहका उम्मेदवारले पाए जरिवाना माफी मिनाहा
थानकोट ।
वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनका उम्मेदवारहरुको जरिवाना माफी मिनाहा भएको छ ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संविधानको धारा २७६ बमोजिम माफी मिनाहाको निर्णय गरेकी हुन् ।
मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले खर्च विवरण नबुझाउने उम्मेदवारहरुलाई निर्वाचन आयोगले तोकेको जरिवाना मिनाहा गर्न सिफारिस गर्ने निर्णय गरेको थियो ।
सो निर्वाचनमा उम्मेदवार भएर खर्च विवरण नबुझाउने १ लाख २३ हजार ६५० जनालाई २४ अर्ब ६३ करोड ८८ लाख रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको थियो ।














