शिवरात्रीको नाममा जथाभावी रूख नकाट्न जनप्रतिनिधिको अनुरोध

Thankot Times

थानकोट ।

शिवरात्री पर्वका अवसरमा जथाभावी रूख काट्ने प्रवृत्ति देखिएकोप्रति जनप्रतिनिधिले चासो देखाएका छन् ।

चन्द्रागिरि वडा नं. ६ महादेवस्थानस्थित महालक्ष्मी र गुमालचोकी सामुदायिक वनमा विगतमा शिवरात्रीका दिन धुनी जगाउन जथाभावी रूख काटिएकोले यसपटक शिवरात्रीका अवसरमा धुनी जगाउन रूख काट्न आवश्यक भए सम्बन्धित वन उपभोक्ता समिति र इलाका वन कार्यालयमा खबर गरेर मात्रै  रूख काट्न वडाध्यक्ष सञ्जय सिग्देलले अनुरोध गरेका छन् ।

सामाजिक सञ्जालमा शनिबार बिहान वडाध्यक्ष सिग्देलले लेखेका छन्ः

च न पा ६ स्थित महालक्ष्मी सामुदायिक बन र गुमालचाेकि सामुदायिक बन बाट शिवरात्रिकाे धुनि जगाउने बहाना बनाएर बिगत बर्षमा अनावश्यक रूख काट्ने कार्य भएकाे हुदा यदि धुनि जगाउन काे लागि रूख काट्न आवश्यक भए बन समितिलाई वा ईलाका बन कार्यालयलाई जानकारी गराएर मात्र आवस्यक कार्य गन्नु हुन सबैलाई अनुराेध गर्दछु।

प्रतिकात्मक तस्बिर


Leave a Reply

Your email address will not be published. Required fields are marked *