भारतसँगको दोस्रो मैत्रीपूर्ण फुटबल खेल पनि गोलरहित बराबरी

Thankot Times

थानकोट ।

दुईवटा मैत्रीपूर्ण फुटबल खेलका लागि भारतमा रहेको नेपाली राष्ट्रिय महिला टोलीले दोश्रो खेलमा पनि बराबरी खेलेको छ ।

पहिलो मैत्रीपूर्ण खेल दुई-दुई गोलको बराबरी खेलेको नेपालले शनिबार दोस्रो मैत्रीपूर्ण खेल पनि बराबरी खेलेको हो । भारतको चेन्नईस्थित जवाहरलाल नेहरु स्टेडियममा निर्धारित समयमा दुवै टिमले गोल गर्न सकेनन् । ओलम्पिक छनोटको तयारीका लागि नेपाल र भारतबीच मैत्रीपूर्ण आयोजना गरिएको हो ।

पहिलो खेलमा हारिसकेको खेल नेपालले इन्जुरी समयमा गोल गर्दै बराबरी गरेको थियो । २-० ले पछाडि परेको नेपालका लागि सावित्रा भण्डारीले पहिलो गोल पेनाल्टीमार्फत गरेकी थिइन् भने दोस्रो गोल इन्जुरी टाइममा गरेकी थिइन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *