चाैथो थानकोट गोल्डकपः ल्याक्टो लक्ष्य र थानकोट फुटबल क्लबको विजयी सुरूवात

Thankot Times

थानकोट ।

थानकोट क्षेत्रको प्रतिष्ठित फुटबल प्रतियोगिता थानकोट गोल्डकपको चाैथो संस्करणमा ल्याक्टो लक्ष्य र थानकोट फुटबल क्लबले विजयी सुरूवात गरेका छन् ।

आइतबार सम्पन्न ल्याक्टो लक्ष्य क्लबले घरेलु टोली गलबन युनाइटेड फुटबल क्लबविरूद्ध ३-१ को जित दर्ता गर्यो । ल्याक्टो लक्ष्यका लागि शिशिर गिरी र साैरभ ठकुरीले समान १-१ गोल गर्दा एक गोल गलबन युनाइटेडले उपहार दिएको थियो । गलबनका लागि करन तामाङले सान्त्वना गोल गरेका थिए । ल्याक्टो लक्ष्यले अब दोश्रो चरणको खेलमा ब्रदर्श यूनिटी र वी आर ब्रदर्श बी टिम बीच सोमबार हुने खेलको विजेतासँग फाल्गुन ११ गते प्रतिस्पर्धा गर्नेछ ।

यसै गरी आइतबार सम्पन्न प्रतियोगिताको तेश्रो खेलमा थानकोट फुटबल क्लबले वाणस्थली युथ सोसाइटी विरूद्ध ३-१ को जित निकाल्दै अघिल्लो चरणमा स्थान पक्का गर्यो । सो क्रममा थानकोट फुटबल क्लबका लागि विजय लामाले २ गोल गर्दा निमा शेर्पाको नाममा १ गोल रह्यो । पराजित वाणस्थली युथ सोसाइटीका लागि राम आलेले एक गोल गरेका थिए । विजेता थानकोट एफसीको दोश्रो चरणमा फाल्गुन १० गते माटिखेल फुटबल क्लबसँग भेट हुनेछ । 

प्रतियोगिता अन्तर्गत सोमबार गणेशमान सिंह मेमोरियल क्लब र वेस्टर्न युनाइटेड फुटबल क्लबबीच दिउँसो २ बजे खेल हुनेछ । सो अघि मध्यान्ह १२ बजे ब्रदर्श यूनिटी र वी आर ब्रदर्शबीच खेल हुनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *