थानकोट गोल्डकपः आज पहिलो चरण अन्तर्गतका दुई खेल हुँदै
थानकोट ।
चन्द्रागिरि नगरपालिका-०३ थानकोट पिम्फलीस्थित गलबन फुटबल मैदान जारी चाैथो संस्करणको थानकोट गोल्डकप अन्तर्गत आजपनि दुई खेल हुँदैछन् ।
प्रतियोगिता अन्तर्गत मध्यान्ह १२ बजे ब्रदर्श यूनिटी र वी आर ब्रदर्श बी टिमबीच खेल हुनेछ । यसैगरी अपरान्ह २ बजे गणेशमान सिंह मेमोरियल क्लब र वेस्टर्न युनाइटेड फुटबल क्लबबीच खेल हुनेछ ।
प्रतियोगिता अन्तर्गत आइतबार सम्पन्न खेलहरूमा ल्याक्टो लक्ष्य र थानकोट फुटबल क्लब विजयी भएका छन् ।













