त्रिभुवन राजपथलाई बागमती प्रदेश सरकारले पर्यटन मार्ग घोषणा गर्ने
थानकोट ।
मोफसललाई संघीय राजधानी काठमाडौसँग जोड्ने मुलुककै पहिलो राजमार्ग त्रिभुवन राजमार्गलाई बागमती प्रदेश सरकारले पर्यटन मार्ग घोषणा गर्ने भएको छ।
जसका लागि प्रदेश सरकारले यस सडकको मर्मत सम्भार गर्ने होटल तथा पर्यटकिय क्षेत्रको सुविधा र विस्तारको लागि निजी क्षेत्रसँगको सहकार्य र लगानीलाई प्रोत्साहन गर्ने नीति प्रदेश सरकारले लिने भएको छ।
समग्र पर्यटन पुर्वाधारको निर्माणकार्य गर्न निजि क्षेत्रसँग सहकार्य गरि निजी क्षेत्रको लगानी बढाउने नीति प्रदेश सरकारको रहेको छ।
प्रमुख पर्यटकीय क्षेत्रमा स्तरीय होटलहरुको निर्माण गर्न समेत निजीक्षेत्रलाई प्रोत्साहन गरिने तथा प्रदेशमा पर्ने राष्ट्रिय लोकमार्ग तथा प्रादेशिक र स्थानीय प्रमुख मार्गहरुलाई सम्भाव्यताको आधारमा पर्यटकिय करीडोरको रुपमा विकास गरिने समेत मस्यौदामा उल्लेख छ।
संघिय सरकारको सहयोगमा भारतका प्रमुख सहर बाट हवाइ तथा बस सेवा संचालन गर्ने तथा काठमाडौ आसपासका पर्यटन गन्तव्यको विकास गरि सहज पहुँच मार्गको विकास गर्ने नितिमा उल्लेख छ।
स्थानीय तहसँगको सहकार्यमा प्रदेशभित्रका स्थानिय पर्यटकीय गन्तव्यमा खानेपानी, शौचालय, ढल,सरसफाइ, साइकल लेन र निःशुल्क ईन्टरनेट सेवा उपलब्ध गराउने समेत पर्यटन नितिमा उल्लेख छ।













