मच्छेगाउँका ५ जना कराँते खेलाडी एशियन गेम्सको प्रारम्भिक छनोट चरण पार गर्न सफल

Thankot Times

थानकोट ।

चीनको होङ्गजाउ शहरमा सेप्टेम्बर २३ देखी अक्टोबर ८ सम्म हुने एशियन गेम्सका लागि कराँते खेलबाट ४८ जना खेलाडीले प्रारम्भिक चरण पार गरेका छन् ।

सातदोबाटोस्थित कराँते एकेडेमीमा आयोजना भएको प्रारम्भिक चरणको खेलाडी छनौट आइतबारबाट सम्पन्न भएको हो । प्रारम्भिक चरणमा महिला र पुरुषको ६-६ गरि १२ तौल समूहबाट ४८ जना खेलाडी छनौट भएका हुन् ।

प्रारम्भिक चरण पार गर्न सफल ५ जना खेलाडी चन्द्रागिरि नगरपालिका-०९ मच्छेगाउँस्थित नरहरिपुर कराँते डोजोमा प्रशिक्षणरत छन्।

प्रशिक्षक रवीन्द्र मानन्धरले थानकोट टाइम्सलाई दिनुभएको जाकारी अनुसार सो प्रतियोगिताको प्रारम्भिक चरणबाट छनोट हुन सफल खेलाडीहरूमा शोनिम मानन्धर, प्रविण मानन्धर, श्रद्धा थापा, अमृत थोकर र नानु शाक्य छनाैट भएका हुन् ।

शोनिम र प्रविणले एकल काता विधाम सहभागिता जनाएका हुन्, शोनिम सशस्त्र प्रहरी तथा प्रविण नेपाल आर्मी क्लबबाट खेल्ने गर्दछन् । यसैगरी बागमती प्रदेशबाट खेल्ने श्रद्धा थापाले महिला ६८ केजी मुनि, नानु शाक्यले महिला ५० केजी मुनि तथा अमृतले पुरूष ६७ केजी मुनि ताैल समुहमा प्रतिस्पर्धा गरेका थिए ।

छनोट भएका खेलाडीलाई राखेपसँग छलफल गरेर प्रारम्भिक चरणको बन्द प्रशिक्षण दिइनेछ ।

नेपालबाट एसियन गेम्समा कराँतेसहित २३ खेलमा प्रतिस्पर्धा गर्ने तयारी छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *