राष्ट्रिय स्वतन्त्र पार्टीको काठमाडाैं जिल्ला संयोजकमा प्रदिप विष्ट सर्वसम्मत

Thankot Times

थानकोट । 

प्रदिप विष्ट राष्ट्रिय स्वतन्त्र पार्टीको काठमाडाैं जिल्ला संयोजकमा सर्वसम्मत चुनिएका छन् । 

सोमबार बसेको सो पार्टीको प्रदेश भेलाले विष्टलाई काठमाडाैं जिल्ला संयोजकमा सर्वसम्मत चयन गरेको रास्वपा स्रोतले थानकोट टाOम्सलाई जानकारी दियो । 

मंसिर ४ मा सम्पन्न आमनिर्वाचनमा काठमाडाैं क्षेत्र नं. १० मा सो पार्टीबाट उम्मेदवार बनेका प्रदिप विष्टले तेश्रो स्थानमा चित्त बुझाएपनि उनले अन्य उम्मेदवारहरूलाई अन्तिम समयसम्म नै टक्कर दिएका थिए । विष्टले ८७३६ मत पाउँदा पहिलो भएको नेपाली काँग्रेसका राजेन्द्रकुमार केसीले १४४५८ मत पाउँदा दोश्रो स्थानमा चित्त बुझाएका नेकपा एमालेका हिमेश केसीले ११७८६ मत पाएका थिए ।

समानुपातिकतर्फ यस क्षेत्रमा सो ५३५३७ समानुपातिक मत खसेकोमा ५१८४२ मत सदर भएको थियो ।

जहाँ रूख चिन्हमा ११६१४ , सूर्यमा १०१८२ , हलोमा ७३९१ , हँसिया हथाैडामा ४२७१ , घण्टीमा ११५७६ मत परेको थियो ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ