चाैथो थानकोट गोल्डकपको चाैथो दिन आज २ खेल हुँदै

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका-०३ थानकोट पिम्फलीस्थित गलबन फुटबल मैदान जारी चाैथो संस्करणको थानकोट गोल्डकपको चाैथो दिन आज पनि दुई खेल हुँदैछन् ।

प्रतियोगिता अन्तर्गत मध्यान्ह १२ बजे कुर्दन एकेडेमी ए ले चुनदेवी युवा क्लबको सामना गर्ने खेल तालिका रहेको छ।

यसैगरी अपरान्ह २ बजे विष्णुदेवी फुटबल क्लब र समाज सुधार युवा क्लबबीच खेल हुनेछ ।

प्रतियोगिता अन्तर्गत सोबार सम्पन्न खेलहरूमा गणेशमान सिंह मेमोरियल र वीआर बदर्श ‘बी’को सुखद सुरूवात गरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *