टर्कीमा ६.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, कम्तीमा ६ सय जना घाइते
थानकोट ।
पश्चिम एसियाली मुलुक टर्कीमा फेरि शक्तिशाली भूकम्प गएको छ । सिरियासँग सीमा जोडिएको देशको दक्षिणी क्षेत्रमा सोमबार राति ६.४ म्याग्निच्युडको भूकम्प गएको हो ।
नयाँ भूकम्पमा परि तीन जनाको मृत्यु भएको । भूकम्पको सिरियामा पनि प्रभाव परेको छ । दुई देशमा गरि ६०० भन्दा धेरै घाइते भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
उनीहरूको उद्धार कार्य भइरहेको त्यहाँका अधिकारीहरूले बताएका छन् ।













