क्रिकेट खेल चलिरहँदा कीर्तिपुर मैदानमा ‘जोजो’ छिरेपछि आईसीसीले श्यर गर्यो भिडियो

Thankot Times

थानकोट ।

आईसीसी क्रिकेट विश्वकप लिग-२ मा सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नामिबिया र स्कटल्यान्डबीचको खेल चलिरहँदा कुकुर पसेको दृष्यले चर्चा पाइरहेको छ ।

लिग–२ को खेलमा स्कटल्यान्डले प्रस्तुत गरेको २२२ रनको लक्ष्य पछ्याइरहेको नामिबियाले २५.४ ओभरमा १२५ रन बनाएर खेलिरहँदा कुकुर पसेपछि केहीबेर मैदानको दृष्य रमाइलो बनेको थियो । त्यसबेला नामिबियाका जान ग्रिन स्ट्राइकमा र जान निकोल लोफ्टी इटोन नन–स्ट्राइकमा थिए । स्कटल्यान्डका माइकल लियस्कले बलिङ गरिरहेका थिए ।

मैदान पसेको केही क्षणमै बाहिरिएको कुकुरले नेपाली खेलाडी, ग्राउन्ड स्टाफबाट ‘जोजो’ नाम पाएको छ । ‘जोजो’ मैदान पसेको भिडियो फुटेजलाई विश्व क्रिकेटको सर्वोच्च निकाय आईसीसीले आफ्नो आधिकारिक सामाजिक सञ्जालका पेजमा पनि सेयर गरेको छ ।

यो समाचार तयार पार्दासम्म आईसीसीको फेसबुक पेजमा ‘जोजो’ को यो भिडियो ४ लाख ३ हजार जनाले हेरेका छन् भने सात हजार ८०० लाइक, ७०५ प्रतिक्रिया र १७६ सेयर पुगिसकेको छ ।

खेलमा भने स्कटल्यान्डले नामिबियालाई ४३ रनले पराजित गरेको थियो । प्रतियोगिता अन्तर्गत आज नेपाल र स्कटल्याण्डबीच खेल हुँदैछ । नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *