थानकोट गोल्डकपः आज समुह चरणको अन्तिम खेल, माटिखेल र थानकोटबीचको खेल पनि आजै
थानकोट ।
चाैथो थानकोट गोल्डकप फुटबलको पहिलो चरणका खेलहरू आज सकिँदैछन् । मध्यान्ह १२ बजे पहिलो चरणको अन्तिम खेल दिपशिखा फुटबल क्लब र ब्लुबेल फुटबल क्लबबीच हुनेछ ।
त्यस्तै आज नै दोश्रो चरणको पहिलो खेल थानकोट फुटबल क्लब र माटिखेल फुटबल क्लबबीच दिउँसो २ बजे हुनेछ ।
थानकोट फुटबल क्लब अघिल्लो चरणमा वाणस्थली युवा समाजलाई पराजित गर्दै दोश्रो चरणमा स्थान बनाउन सफल भएको हो भने माटिखेल सिधै दोश्रो चरणमा खेल्न लागेको हो ।
मंगलबार सम्पन्न खेलहरूमा कुर्दन एकेडेमी ए र विष्णुदेवी युथ क्लबले विजयी सुरूवात गरेका छन् ।
गत शनिबारबाट सुरू चाैथो थानकोट गोल्डकपमा १९ टोलीले सहभागिता जनाएका छन् ।
यस संस्करणको थानकोट गोल्डकपका विजेताले नगद १ लाख रूपैयाँ, ट्रफी तथा मेडल प्राप्त गर्नेछन् ।
त्यस्तै, प्रतियोगिताको उपविजेता टोलीले ६० हजार रूपैयाँ नगद पुरस्कारको साथमा ट्रफी र मेडल हात पार्नेछन् ।
प्रतियोगिताको व्यक्तिगत विधातर्फका विजेताहरूले जनही पाँच हजार रूपैयाँ नगद तथा ट्रफी प्राप्त गर्नेछन् ।
प्रतियोगिताको व्यक्तिगत विधातर्फ उत्कृष्ठ खेल काैशल प्रदर्शन गर्ने खेलाडीहरूले जनही ५ हजार रूपैयाँ नगद, ट्रफी र मेडल पाउनेछन् ।













