जिल्ला कमिटीको आयाेजनामा बिहीबार नैकापमा नेकपा एमालेको कार्यशाला गाेष्ठी

Thankot Times

थानकोट ।

नेकपा एमाले काठमाडौं जिल्ला कमिटीले बिहीबार कार्यशाला गाेष्ठी आयाेजना गर्ने भएकाे छ ।

नेकपा एमाले चन्द्रागिरि नगर कमिटि अध्यक्ष राजु श्रेष्ठले दिनुभएको जानकारी अनुसार चन्द्रागिरि नगरपालिका १४ नैकापस्थित गाेल्डस्टार ब्याङ्केटमा हुने गाेष्ठीमा जिल्ला कमिटीले तोकेको वडा इन्चार्ज, सहइन्चार्ज, पालिका कमिटीका पदाधिकारी, पालिका कमिटीले तोकेका वडा इन्चार्ज र वडा कमिटी पदाधिकारीहरु सहभागी हुने बताइएको छ ।

गाेष्ठीलाई नेकपा एमालेका केन्द्रीय सदस्य नविना लामाले सम्बाेधन गर्ने कार्यक्रम छ । साे कार्यशाला बिहान ७:३० बजेबाट सुरु हुने अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयाे ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ