चाैथो थानकोट गोल्डकपः रिश्वको ह्याट्रिकमा दिपशिखाको सहज जित, थानकोट एफसी तेश्रो चरणमा

Thankot Times

थानकोट ।

थानकोट क्षेत्रको प्रतिष्ठित फुटबल प्रतियोगिता थानकोट गोल्डकपको चाैथो संस्करण अन्तर्गत पहिलो चरणका खेलहरू सकिएका छन् ।

बुधबार सम्पन्न पहिलो चरणको अन्तिम खेलमा दिपशिखा क्लब विजयी भएको छ ।

ब्लुबेल एफसी विरूद्ध ४-१ को सहज नतिजा निकाल्दै दिपशिखाले दोश्रो चरणमा स्थान सुरक्षित गरेको छ । दिपशिखाको जितमा रिश्व श्रेष्ठले ह्याट्रिक गरेका थिए भने लक्ष्मण कार्कीले १ गोल गरेका थिए । ब्लुबेलले १ गोल उपहार पायो ।

यसैगरी बुधबार नै सम्पन्न प्रतियोगिताको दोश्रो चरणको पहिलो खेलमा थानकोट फुटबल क्लबले माटिखेल फुटबल क्लबमाथि संघर्षपूर्ण जित निकाल्यो । थानकोट एफसी सडेन डेथमा धकेलिएको खेल जित्दै तेश्रो चरणमा प्रवेश गरेको छ। निर्धारित समयमा दुवै टोलीबाट समान २-२ गोल भएपछि खेल पेनाल्टी सूट आउटमा धकेलिएको थियो जसमा थानकोटले ५-४ ले खेलमा बाजी मार्यो । चाैथो संस्करणको थानकोट गोल्डकप फुबटल प्रतियोगितामा सडेन डेथमा नतिजा निकालिएको यो पहिलो अवसर हो ।

प्रतियोगिता अन्तर्गत बिहीबार विष्णुदेवी एफसी र कुर्दन एकेडेमीबीच मध्यान्ह १२ बजे खेल हुनेछ भने दिनको दोश्रो तथा अन्तिम खेलमा किसिपिडी यूथ र वीआर ब्रदर्श बी टिमबीच दिउँसो २ बजे खेल हुनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *