चन्द्रागिरि नगरमा नेकपा एमालेको मिसन ग्रासरूट अभियान अन्तर्गत आज कार्यशाला गाेष्ठी
थानकोट ।
नेकपा एमालेले पार्टी संगठन विस्तारका लागि मिसन ग्रासरुट अभियान सुरु गरेको छ ।
माघ २६ मा बसेको एमाले सचिवालय बैठकले फागुन र चैतको २ महिना संगठन विस्तार तथा स्थानीय जनप्रतिनिधि र पार्टीको सम्बन्ध सुधारका लागि अभियान चलाउने निर्णय गरेको थियो । सो निर्णय अनुसार नेकपा एमालेले चन्द्रागिरि नगरपालिकामा मिसन ग्रासरूट अभियान सुरू गरेको छ । सो अभियान अन्तर्गत काठमाडौं जिल्ला कमिटीले आज कार्यशाला गाेष्ठी आयोजना गरिएको छ ।
चन्द्रागिरि नगरपालिका नैकापस्थित गाेल्डस्टार ब्याङ्केटमा सुरू भएको गोष्ठीमा सो पार्टीका जिल्ला कमिटीले तोकेको वडा इन्चार्ज, सहइन्चार्ज, पालिका कमिटीका पदाधिकारी, पालिका कमिटीले तोकेका वडा इन्चार्ज र वडा कमिटी पदाधिकारीहरु सहभागिता रहेको बताइएको छ ।
सो अभियानका लागि चन्द्रागरि नगरपालिकामा पार्टी केन्द्रीय सदस्य नविना लामाले जिम्मेवारी पाएको नेकपा एमालेले जनाएको छ ।
यो अभियानमा पालिकास्तरमा खटिएका नेताहरूले संगठनदेखि जनप्रतिनिधि र पार्टीबीच सम्बन्ध सुधारका लागि सुझाव संकलन गर्नेछन् ।
साथै, पार्टी सदस्यको सदस्यता नवीकरण, प्रशिक्षणलायतका काम पनि गर्नेछन् ।













