नेपाली कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै, काे बन्लान् राष्ट्रपतिका उम्मेदवार ?
थानकोट ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । राष्ट्रपतिका उम्मेदवारका बारेमा छलफल गर्न कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बाेलाएकाे हाे ।
बिहान ११ बजेपछि सुरु हुने बैठकले राष्ट्रपतिमा उम्मेदवारी दिनेबारे कांग्रेसको औपचारिक धारणा तय गर्ने बताइएकाे छ ।
राष्ट्रपतिका लागि कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पाैडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटाैलाकाे चर्चा छ । यद्पि सभापति शेरबहादुर देउवाले पाैडेलप्रति झुकाव राखेका छन् ।
माओवादी केन्द्रलाई साथमा लिएर पुरानो गठबन्धन ब्युँत्याउने र राष्ट्रपति आफ्नो पक्षमा पार्ने रणनीतिमा कांग्रेस छ ।













