चन्द्रागिरि लगायत देशका कतिपय डाँडामा रोपिएका सल्लाले जङ्गल, जनावर र मानवबीच द्वन्द्व बढाउँदै

Thankot Times

थानकोट । 

देशका कतिपय उजाड डाँडालाई हरियाली बनाउने भनेर ३० काे दशककाे शुरूमा लगाइएकाे सल्लाका रूख देख्दा हरियाे भए पनि याे माटाे, जंगलदेखि जनावर र मानवसम्मलाई अहितकारी रहेकाे छ । जीवशास्त्री डा. मुकेश चालिसे गुनासाे गर्छन्, अवैज्ञानिक रूपमा डाँडा हरियो बनाउन रोपिएका सल्लाले निरन्तर जङ्गल र जनावरलाई मानवसँग द्वन्द्व बढाएको छ । 

सल्ला लगाउने निर्णय नै गलत थियाे भन्ने विषय उठिरहेकाे बेला डा. चालिसेले भने हाम्रा शिताेष्ण र कतिपय उष्ण भेकमा सल्ला लगाइदिँदा वन्यजन्तुहरू मानववस्तीतिर छिर्ने समस्या बढेकाे हाे । उनले भने,  जङ्गलमा मृग, खरायो र चितुवा बस्न नसक्ने भएकाले वन्यजन्तु मानव बस्तीमा छिर्न थाले र समस्या सुरू भयाे । 

जलवायु परिवर्तनले वनस्पतिदेखि जनावर बसाँईसराइमासमेत समस्या आउन थालेकाे भन्दै विज्ञहरूले लवायु परिवर्तनका कारण पशुपन्छी तथा कीराफट्याङ्ग्रा एउटा तापक्रम भएको स्थानबाट अर्काे तापक्रम भएको स्थानमा बसाइँ सर्ने गरेको पाइएको बताए ।मध्यपहाडी जिल्लाको महाभारत क्षेत्रको जङ्गलमा तराईका जिल्लामा पाइने जङ्गली जनावर बढ्दो रूपमा देखा पर्न थालेको छ । केही वर्ष पहिलेसम्म तराईका जङ्गलमा मात्र पाइने बँदेल, दुम्सी, घोरल र हरिणजस्ता जनावर बसाइँ सर्दै आएको विज्ञको भनाइ छ, काठमाण्डुखबरमा समाचार छ । केही वर्ष पहिलेसम्म लेकमा बँदेल जाँदैनथ्यो, तराईमा मात्र पाइन्थ्यो,” महाभारत लेकको बेथानचोकका स्थानीय पद्म तिमल्सिनाले बताए ।

जलवायु परिवर्तनसँगै महाभारत जङ्गलमा समेत गर्मी बढ्दै गएको र त्योसँगै जनावर पनि तराईबाट क्रमशः सर्दै आएका हुन्  । जनावर मात्र नभई तराईमा पाइने रुख बिरुवासमेत सर्दै आएको देख्न सकिन्छ । पहाडी भेगमा पाइने जनावर भनेको चितुवा र भालु हो । अहिलेसम्म बाघ त पहाडी भेगमा सरेको नदेखिए पनि घाँस खाने जनावर सर्दै आएकाे देखिन्छ । 

केहि वर्षअघिसम्म महाभारतका माथिल्ला भागका गाउँमा बँदेल देख्न निकै मुस्किल पर्दथ्यो । चारपाँच वर्षदेखि बालीनाली नष्ट गरेर बँदेलले निकै दुःख दिने गरेको छ । बँदेलकै दुःखले लेक (जङ्गल) छेउका किसान ठाउँ नै छाडेर हिँडिसके । मान्छेले बँदेल लेखेट्ने होइन, उल्टै बँदेलले मान्छे लखेटेको अवस्था छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *