साताैं एपीएफ स्कुल कप आमन्त्रित फुटबल प्रतियोगिता फाइनलमा आयोजक र ल्याब्रेटोरी भिड्ने

Thankot Times

थानकोट ।

सातौं नेपाल एपीएफ स्कुल कप आमन्त्रित फुटबल प्रतियोगिताको फाइनल समीकरण पूरा भएको छ ।

बिहीबार सम्पन्न प्रतियोगिताका सेमीफाइनल खेलहरूमा आ-आफ्ना प्रतिस्पर्धीहरूलाई पराजित गर्दै नेपाल एपीएफ स्कुल, कीर्तिपुर र ल्याब्रेटोरी माध्यमिक विद्यालय, कीर्तिपुर उपाधी नजिक पुगेका हुन् ।

पहिलो सेमीफाइनल खेलमा आयोजक नेपाल एपीएफ स्कुलले नेपाल पुलिस स्कुल साँगालाई १-० गोल स्तब्ध बनाउने क्रममा एपीएफ स्कुलका लागि विकास बोहोराले गोल गरेका थिए ।

यसैगरी बिहीबार नै सम्पन्न प्रतियोगिताको दोश्रो सेमीफाइनल खेलमा ल्याब्रेटोरी माध्यमिक विद्यालयले लिटिल एन्जल्स स्कुल, ललितपुरलाई ३-० गोल अन्तरले पराजित गर्यो । ल्याब्रेटोरीका लागि रविन बम्जन, ईसान बढाथोकी र हरिशजंग शाहीले समान १-१ गोल गरेका थिए ।

प्रतियोगिताको फाइनल खेल फाल्गुन १४ गते आइतबार हुनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *