नागढुङ्गा नाकाबाट खैरो हेरोइनसहित ४० वर्षीय सुनिल समातिए

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन ५० ग्रामसहित कैलाली लम्कीचुहा नगरपालिका-१ बस्ने ४० वर्षीय सुनिल शाहीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ।

प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले नेपालगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको ना. ८ ख ७६७० नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई खैरो हेरोइनसहित फेला पारी पक्राउ गरेको हो।

उनलाई पक्राउ गरेर आवश्यक अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *