थानकोट गोल्डकपः संयोग लिम्बूको ह्याट्रिकमा वीआर ब्रदर्शको जित, विष्णुदेवी यूथपनि तेश्रो चरणमा

Thankot Times

थानकोट ।

थानकोट क्षेत्रको प्रतिष्ठित फुटबल प्रतियोगिता थानकोट गोल्डकपको चाैथो संस्करण अन्तर्गत दोश्रो चरणका खेलहरू सम्पन्न भएका छन् ।

बिहीबार सम्पन्न खेलहरूमा वीआर ब्रदर्श बी र विष्णुदेवी युथ क्लब विजयी हुँदै अघिल्लो चरणमा प्रवेश गरेका छन् ।

संयोग लिम्बूको ह्याट्रिक प्रेरित खेलमा वीआर ब्रदर्श बी टिमले किसिपिडी युथ क्लबमाथि ६-१ गोलको सानदार जित दर्ता गरायो । सो क्रममा प्रतिक लामा सागर तामाङ र अविभत तामाङले समान १-१ गोल गरेका थिए । लिम्बूले प्रतियोगितामा व्यक्तिगत पाँच गोल गरेका छन् ।

किसिपिडीका लागि श्रवण महर्जनले सान्त्वना गोल गरेका थिए ।

यसैगरी बिहीबार नै सम्पन्न दोश्रो चरणको अन्तिम खेलमा कुर्दन एकेडेमी बी टिममाथि २-१ को जित निकाल्दै विष्णुदेवी यूथ क्बलले क्वाटर फाइनल चरणमा स्थान पक्का गर्यो । विष्णुदेवीका लागि धिरज तामाङ र सागर महर्जनले समान १-१ गोल गरेका थिए । रोहित थापाले कुर्दनका लागि सान्त्वना गोल गरे ।

शनिबारबाट प्रतियोगिताको क्वाटरफाइनल चरणका खेलहरू सुरू हुनेछन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *