यी तीन प्रदेशमा हिमपातको सम्भावना, प्रदेश एकमा वर्षा

Thankot Times

थानकोट । 

मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ । जसको प्रभावले प्रदेश एक र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ।

आज दिउँसो प्रदेश एकको पहाडी भू–भागका एक दुई स्थानमा  हल्का वर्षाको सम्भावना रहेको छ। प्रदेश एक, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राति  प्रदेश एक र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश एक र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *