आजबाट हरेक शुक्रबार साँझ २ सय रूपैयाँमा चन्द्रागिरि केबलकारको दुईतर्फी टिकट
थानकोट ।
गत महाशिवरात्रीका दिन साँझ ५ बजेदेखी बेलुकी ९ बजेसम्मका लागि केबलकारको टिकटको मूल्य २ सय रूपैयाँ तोक्दा उत्साहजनक रूपमा ‘भिजिटर’ बढेपछि चन्द्रागिरि हिल्सले त्यस्तै खालको अफर सार्वजनिक गरेको छ ।
हिल्सले जारी गरेको सूचना अनुसार आजबाट लागु हुने गरी अब हरेक शुक्रबार साँझ ५ बजेदेखी बेलुकी ९ बजेसम्म केबलकारको टिकटको मूल्य २ सय रूपैयाँ तोकिएको छ ।
यो सुविधा नेपाली नागरिकहरूका लागि मात्र मान्य हुने कम्पनीले जनाएको छ ।
हाल केबलकारको दुई तर्फी टिकटको मूल्य नेपाली नागरिकहरूका लागि ७ सय ९९ रूपैयाँ तोकिएको छ ।













