‘७ दिनभित्र विद्युत मिटर कनेक्सन नभएमा यी नम्बरहरूमा फोन गर्नुस्’ बलम्बु उप-वितरण केन्द्र
थानकोट ।
नेपाल विद्युत प्राधिकरणले सात दिनभित्र घरायसी प्रयोजनका लागि सिङ्गल फेज मिटर कनेश्सन नभएमा वितरण केन्द्र प्रमुखलाई सम्पर्क गर्न सकिने जनाएको छ ।
प्राधिकरणको कुलेश्वर वितरण केन्द्रबाट जारी सूचनामा उल्लेख भए अनुसार प्राधिकरणले आफ्ना ग्राहकहरूलाई छिटो छरितो रूपमा सेवा प्रवाह गर्न सदैव अग्रसर रहेको व्यहोरा जनाउँदै सिङ्गल फेज मिटर कनेक्सन सात दिन भित्र र थ्री फेज मिटर कनेक्सन (जीआइएस गर्नुपर्ने बाहेक) दश दिन भित्र ग्राहकहरूले प्राप्त गर्न नसकेको अवस्थामा वितरण केन्द्र प्रमुख, प्रादेशिक कार्यालय प्रमुख र वितर तथा ग्राहक सेवा निर्देशनालयमा सम्पर्क गर्न सक्ने जनाइएको छ ।














